शनिबार, असोज ५, २०८१

भारतमा कोरोना : चाैबीस घण्टामा २ हजार ८९७ संक्रमित

नेपालखोज २०७९ वैशाख २८ गते १४:१८

काठमाडाैं । भारत २४ घण्टाको समयावधी अर्थात मंलबार मधयरातिसम्म दुई हजार ८९७ व्यक्ति कोरोनाका थप संक्रमित भएपछि यहाँ कुल संक्रमितको सङ्ख्या चार करोड ३१ लाख दश हजार ५६ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार बिहान जानकारी दिएको छ ।

विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनःकेही दिनयता नयाँ संक्रमितको सङ्ख्या तीन हजार नाघेको थियो । यद्यपी मंलबार भने केही कमी देखिएको हो । २४ घण्टाको समयावधी भएका यी नयाँ संक्रमितमध्ये एक हजार ११८ जना राष्ट्रिय राजधानी दिल्लीका रहेका समाचारमा जनाइएको छ । हाल राजधानीमा पाँच हजार ४७१ सक्रिय सङ्क्रमित रहेका पनि थप जानकारी दिइएको छ ।

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ५४ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार १५७ पुगेको छ । भारतभरी अझै पनि सक्रिय सङ्क्रमित १९ हजार ४९४ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा केही महिनायताबाट सक्रिय सङ्क्रमित घट्ने क्रम जारी रहेको थियो । तर केही हप्तायताबाट सक्रिय संक्रमित बढेको पाइएको छ । चौविस घण्टाको समयावधी अर्थात शनिबार मध्यरातिसम्म दुई हजार ९८६ जना कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख ६६ हजार ९३५ सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।-रासस

प्रतिक्रिया