शुक्रबार, असोज ४, २०८१

बिल गेट्सलाई कोभिड संक्रमण पुष्टि

नेपालखोज २०७९ वैशाख २८ गते १४:५९

काठमाडाैं । माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले बुधबार आफूलाई कोभिड-१९ संक्रमण भएको भन्दै आफ्नै निवासमा एकान्त कारेन्टाइनमा रहेको जानकारी गराएका छन् ।

उनिद्वारा ट्वीटरमा जारी सन्देशमा आफूले पूर्ण मात्रा खोप लगाएको, परीक्षण र चिकित्सा उपचार लिइरहेको बताइएको छ ।

उनले भने, ‘मलाई कोभिड-१९ को संक्रमितण पुष्टि भएको छ । अहिले मलाई कोभिडका हल्का लक्षणहरु देखिएको अनुभव गर्दैछु र म फेरि स्वस्थ नभएसम्म अलग्गै रहेर विशेषज्ञहरुको सल्लाह पालना गर्दैछु ।’

उनले ट्वीटमा भने, ‘मैले बुस्टरसहित तीन वटै खोप लगाइसकेको छु । खोप लगाउन, परीक्षण तथा महान चिकित्सा उपचारको पहुँच पाएकोमा म आफूलाई भाग्यशाली ठानेको छु ।’

उनि आफ्नो बिल एण्ड मेलिन्दा गेट्स फाउन्डेशनसँग कोभिड-१९ निदान, उपचारात्मक र खोप वितरणको विश्वव्यापी प्रयासमा सक्रिय सहभागी भएका छन् । विश्वका अति धनाड्य व्यक्ति अर्बपति बिल गेट्सले ‘अर्को महामारीलाई कसरी रोक्ने’ शीर्षकमा नयाँ किताब मे को सुरुतिर प्रकाशन तथा सार्वजनिक गर्ने तयारी गरिरहेकाे बताइएको छ ।-रासस

प्रतिक्रिया