आइतबार, भदौ ३०, २०८१

मुलुकभरका मतगणनास्थल सीसीटीभी क्यामेराबाट निगरानी गर्ने योजना असफल

नेपालखोज २०७९ वैशाख २८ गते १६:१९

काठमाडौं । मुलुकभरका मतगणनास्थल सीसीटीभी क्यामेराबाट निगरानी गर्ने सरकारको योजना असफल भएको छ ।

निर्वाचन आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७ सय ५३ वटै स्थानीय तहलाई मतगणना स्थलमा सीसीटीभी क्यामेरा राख्‍ने व्यवस्थाका लागि परिपत्र गरेको थियो। तर त्यसअनुसार स्थानीय तहले व्यवस्थापन गर्न नसके पछि तीन सय मतगणनास्थलमा मात्रै सीसीटीभीबाट निगरानी हुनेछ ।

मुलुकभर १० हजार ७ सय ५६ वटा मतदान स्थल र २१ हजार ९ सय ५५ मतदान केन्द्र तोकिएको छ। ७ सय ५३ स्थानीय तहमा मतगणना स्थल हुनेछ। दुर्गम स्थानका मतदानस्थलमा बत्ती, इन्टरनेटको सुविधा नभएका कारण सीसीटीभी क्यामेरा राख्‍न सम्भव नभएको जनाएको छ ।

प्रतिक्रिया