सोमबार, वैशाख २९, २०८२

भारतीय प्रधानमन्त्री लुम्बिनी आउने निश्चित, विशेष सुरक्षा सतर्कता अपनाइँदै

नेपालखोज २०७९ वैशाख २९ गते ९:५२

काठमाडौ. । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा आउने भएपछि अहिले देखि नै सुरक्षा व्यवस्था मजवुत बनाइँदैछ । मोदी आगामी जेठ २ गते २५६६ औं बुद्धजयन्तीको अवसर पारेर पहिलोपटक बुद्धजन्मस्थल लुम्बिनी आउने भएका हुन् ।

लुम्बिनी क्षेत्रमा आजभोलि विशेष सुरक्षा सतर्कता अपनाइएको छ । मोदीको सुरक्षाका लागि ३० जना भारतीय सुरक्षाकर्मी (स्पेशल प्रोटेक्सन गार्ड ) बुधबार नै लुम्बिनी आइसकेका जनाइएको छ ।

लुम्बिनीमा नेपाली र भारतीय सुरक्षाकर्मीको टोलीले संयुक्त गस्ती गरिरहेका छन् । लुम्बिनी विकास कोषले मोदीको स्वागत गर्न विशेष तयारी गरिरहेको छ ।

प्रतिक्रिया