बिहीबार, चैत १५, २०८०

कोरियन वन एक सयको ९ रुपैयाँ ७३ पैसा तिर्नुपर्ने

नेपालखोज २०७९ वैशाख २९ गते ११:५२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको बिक्री मूल्य १२३ रुपैयाँ ८९ पैसा रुपैयाँ तोकेको छ । यस्तै, खरिद मूल्य भने १२३ रुपैयाँ २९ पैसा तोकिएको छ ।

त्यस्तै, युरोपियन १ युरोको बिक्री मूल्य १३० रुपैयाँ ८० पैसा छ भने खरिद मूल्य १३० रुपैयाँ १७ पैसा कायम गरेको राष्ट्र बैंकले जनाएको छ ।

बेलायती पाउन्ड स्टर्लिङ १ को बिक्री मूल्य १५३ रुपैयाँ २३ पैसा छ भने खरिद मूल्य १५२ रुपैयाँ ४९ पैसा रहेको छ ।

कोरियन वन एक सयको बिक्री मूल्य ९ रुपैयाँ ७३ पैसा र खरिद मूल्य ९ रुपैयाँ ६८ पैसा तोकिएको छ । यस्तै कतारी १ रियालको बिक्री मूल्य ३३ रुपैयाँ ९३ पैसा र खरिद मूल्य ३३ रुपैयाँ ७६ पैसा रहेको छ ।

त्यस्तै, कुवेती दिनार १ काे बिक्री मूल्य ४०३ रुपैयाँ ८० पैसा र खरिद मूल्य ४०१ रुपैयाँ ८४ पैसा रहेकाे छ ।

प्रतिक्रिया