उत्तर कोरियामा दुई वर्षपछि एक जनामा कोभिड-१९ को संक्रमण भेटियो
नेपालखोज
२०७९ वैशाख २९ गते ११:५१
प्योङयाङ । उत्तर कोरियामा एकजनामा कोभिड-१९ को संक्रमण भेटिएको यहाँको सरकारी समाचार समिति, कोरियन सेन्ट्रल न्युज एजेन्सी, केसिएनएले जानकारी दिएको छ ।
सो समाचार समितिले यहाँ गएको दुई वर्षपछि पहिलो पटक एक जनामा यो संक्रमण पाइएको जानकरी बिहीबार मात्र दिएको हो । सो समाचार समितिकाअनुसार राजधानी प्योङयाङका केही बिरामीहरुमा गरिएको परीक्षणबाट एक जनामा यो संक्रमण पाइएको हो ।
यहाँ पाइएको संक्रमण कोभिडको ओमिक्रोन भर्सन भएको पनि पाइएको समाचारमा जनाइएको छ । यो संक्रमण पाइएपछि यहाँको सरकारले यसलाई राष्ट्रिय संकटको अवस्था भनेको पनि सो समाचार समितिले जनाएको छ । रासस/सिन्ह्वा
सम्बन्धित
प्रतिक्रिया