शुक्रबार, वैशाख ७, २०८१

‘बालबालिकाको व्यवहार बाबुआमाको जिनले निर्धारण गर्छ’

नेपालखोज २०७९ वैशाख २९ गते १२:३५

काठमाडौं । अभिभावकको जिनअनुसार नै बालबालिकाको व्यवहार पनि हुने विभिन्न अध्ययनले देखाएका छन् । अनुसन्धानकर्ताहरूले यस सम्बन्धमा विस्तृत अध्ययन गरेर व्याख्या पनि गरेका छन् । आमाबुबाले आफ्ना सन्तानको व्यवहारलाई प्रभाव पार्ने तरिका अभिभावकत्वमा केही हदसम्म हुने गर्छ ।

वास्तवमा बाबुआमाले जस्तो सिकाउँछन्, बालबालिकाले त्यस्तै व्यवहार गर्छन् । यो बानी सिकाएर मात्रै व्यवहारमा परिवर्तन गर्ने सवाल हो । यसका अतिरिक्त बालबालिकाको व्यवहार बाबुआमाको जिनले नै निर्धारण गर्ने वैज्ञानिकहरूको दाबी छ ।

जिन बालबालिकाले बाबुआमाको सच्चा व्यवहार देखाउने प्रमुख माध्यम हो । यद्यपि हाम्रा धेरै जसो जीनहरू वंशानुगत हुन्छन् । प्रत्येक अभिभावकको एउटा जिनको प्रतिलिपिले बालबालिकाको आनुवंशिक प्रभावलाई विभिन्न तरिकामा प्रयोग हुने गर्छ । यस्तै आफ्ना बाबुआमा मात्रै होइन, एउटै रगत भएका पुर्खा वा नातागोतासँग पनि केही बालबालिका वा छोराछोरीको व्यवहार र हाउभाउ मिल्ने गर्छ ।

वास्तवमा तपाई–हाम्रो परिवार तथा समाजका बालबालिकाको अध्ययन गर्दा धेरै बाबुआमाको अनुहार र हाउभाउसँग छोराछोरीको पनि अनुहार तथा हाउभाउ मिल्ने गर्छ । बाबु वा आमा चन्चल स्वभावका छन् भने दुरुस्तै छोराछोरीको चन्चलता पनि उस्तै देखिने गर्छ । कतिपय अवस्थामा हाँसो तथा रुवाइ पनि एकै प्रकृतिको हुने गर्छ । यस अर्थमा बाहिरी रूपमा देखिने अनुहार, हाउभाउका अतिरिक्त बंशानुगत प्रभाव परेर मन तथा सोचाइ पनि एकै प्रकृतिको हुने गर्छ ।

युटाह युनिभर्सिटीका वैज्ञानिकहरूले आमा र बुबाको जिनले कसरी व्यवहार गर्छ भन्ने सम्बन्धमा अध्यययन गरेका थिए । यो अध्ययन सेल रिपोट्र्स जर्नलमा प्रकाशन पनि भएको थियो । आमा र बुबाले आफ्ना सन्तानको व्यवहारलाई प्रभाव पार्ने तरिका अभिभावकत्व मात्र होइन, जीन पनि महत्त्पूर्ण छ भन्ने युटाह विश्वविद्यालयको अध्ययनले दाबी नै गरेको छ । धेरैजसो जीनहरू वंशानुगत हुन्छन् ।

बाबुआमाको जोडी वा वंशमा कोही समाजसेवी स्वभावका, स्थिर मन भएका, रिसाहा स्वभाव, कलामा निपूर्ण छन् भने त्यो छोराछोरी वा पछिल्लो पुस्तामा सर्ने गर्छ ।‘हामी साँच्चै उत्सुक छौं कि त्यहाँ जीवविज्ञानको यो उपयुक्त क्षेत्र हो जसले हाम्रा निर्णयहरूनियन्त्रण गर्दछ’, प्रमुख अन्वेषक र न्यूरोबायोलोजी विभागका सहयोगी प्राध्यापक डा.क्रिस्टोफर ग्रेग बताउँछन् । आनुवंशिक कारकहरूको स्पष्ट चित्र जसले व्यवहारलाई आकार दिन्छ, त्यो मनोवैज्ञानिक विकारहरूका लागि राम्रो निदान र उपचारहरू विकास गर्न एक महत्त्वपूर्ण कदम भएको वैज्ञानिकहरू दाबी गर्छन् ।

प्राध्यापक डा.ग्रेगको अनुसन्धान टोलीको रिपोर्ट अनुसार मुसाको दिमागमा कोषिकाका केही समूहहरू विशेष रूपमा आमाको जीनको प्रतिलिपिमा निर्भर हुन्छन् । मस्तिष्कमा आवश्यक रासायनिक सन्देशवाहकहरू उत्पादन गर्न आवश्यक हुन्छ जसलाई न्यूरोट्रान्समिटर भनिन्छ ।

कोषिकाहरूमा बाबुको जिनको प्रतिलिपि बन्द रहन्छ । यद्यपि, फरक अंगमा एड्रेनल ग्रन्थी र केही कोषिकाहरूले एउटै जीनको बुबाको प्रतिलिपिसँग मेल खान्छ । यसैक्रममा जीन तनाव हर्मोन तथा एड्रेनालाईन उत्पादनमा संलग्न हुन्छ । एकल जिनको अभिभावकीय नियन्त्रणमा अप्रत्याशित स्विच पहिचान गरेपछि, डा.ग्रेगको टोलीले व्यवहारको नतिजा सार्वजनिक गरेको थियो ।

ग्रेगको नतिजामा प्रत्येक अभिभावकको जिनले छोरा र छोरीलाई फरक–फरक असर गर्छ । ग्रेगको अध्ययनमा छोराहरूमा भने केही गुण तिनीहरूको आमाको जिनद्वारा नियन्त्रित भएको देखिएको थियो । छोरीहरूको व्यवहार भने बुवाको जिनद्वारा नियन्त्रित भएको देखिएको थियो ।

विकासवादी रूपमा बोल्ने आनुवंशिक नियमनको रूपले विभिन्न अभिभावकीय प्राथमिकताहरू प्रतिबिम्बित गर्न सक्छ । डा. ग्रेग भन्छन्, ‘सबैको एउटै प्रकारको रुचि, नतिजा र छनौट प्रभावहरू हुँदैनन् ।’ छोराहरू प्रायः छरपस्ट स्वभावका हुन्छन् । मस्तिष्क एड्रेनल अक्ष स्तनपायी जीव विज्ञानको एक महत्त्वपूर्ण भाग हो, जसले व्यवहारलाई नियन्त्रण गर्छ ।

यस्तै जिनले आफ्नो पुसतामा तनाव, मुड, निर्णय लिने क्षमतालगायतलाई असर गर्ने ग्रेगले बताएका छन् । मानसिक रोग, लतबाट क्यान्सर, अल्जाइमर रोगको लागि थप दिनचर्या व्यवहार र सम्बन्धित स्वास्थ्य अवस्थाहरूलाई कसरी असर गर्न सक्छ भनेर बुझ्नको लागि पहिलो कदम आमाबाबुको जिन भएको वैज्ञानिक ग्रेग बताउँछन् ।

प्रतिक्रिया