शनिबार, जेठ ५, २०८१

‘शिक्षा र ब्यापार सेवा भुक्तानीको लागि साझेदारी’

नेपालखोज २०७९ वैशाख २९ गते १२:३७

काठमाडौं । नबिल बैंकले नेपालमा मोबाइलमा आधारित रियल-टाइम भुक्तानी प्रणाली, युनिफाइड पेमेन्ट इन्टरफेस (युपिआई) को स्वीकृति प्रदान गर्न पेमेन्ट नेपाल (गेटवे पेमेन्ट सर्भिस प्रा. लि., नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त भुक्तानी प्रणाली अपरेटर) सँग साझेदारी गरेको छ ।यूपीआई अन्तर बैंक र सीमापारी लेनदेनको सुविधाको लागि भारतको राष्ट्रीय भुक्तानी निगमद्वारा विकसित एक रियल-टाइम भुक्तानी प्रणाली हो ।

यो साझेदारीले प्रत्येक वर्ष स्वास्थ्य, शिक्षा र ब्यापार सेवा भुक्तानीको लागि सीमापार यात्रा गर्ने लाखौं नेपाली र भारतीयलाई दुबै देशका पसल र व्यापारी पसलहरुमा यूपीआईमा आधारित मोबाइल अनुप्रयोगहरु प्रयोग गरेर निर्वाधरुपमो खरिदहरुको भुक्तानी गर्न सक्षम बनाउनेछ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र गेटवे पेमेन्ट सर्भिसका प्रमुख कार्यकारी अधिकृत राजेश प्रसाद मानन्धरले साझेदारी सम्झौतामा हस्ताक्षर गरेका छन् । यो साझेदारीले नबिल बैंकका मोबाइल बैंकिङ प्रयोगकर्तालाई भारतका व्यापारी स्टोरहरुमा सुरक्षित रनिर्बाध भुक्तानीहरु गर्न सक्नेछन् । त्यसैगरी, नबिल यूपीआई क्यु आरसँग सम्बद्ध र सक्षम भएका व्यापारीहरुले फोन पे, गुगल पे, र पेटीएम लगायत युपिआईमा आधारित मोबाइल एपहरु प्रयोग गरेर भारतीय पर्यटकहरुबाट भुक्तानीहरु स्वीकार गर्न सक्नेछन् ।

सन् १९८४ देखि ग्राहकलाई समायनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकको १५० शाखा, १८७ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको ईतिहासमा कोसेढुंगाको रुपमा काम गर्दै आएको छ ।

प्रतिक्रिया