शनिबार, जेठ ५, २०८१

हिमालय एयरलाइन्सद्वारा प्रयास नेपाललाई शैक्षिक सामग्री प्रदान

नेपालखोज २०७९ वैशाख २९ गते १२:३८

काठमाडौं । नेपालको एक अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी–हिमालय एयरलाइन्सले लगातार छैठौं वर्ष प्रयास नेपालका बाल–बालिकालाई वर्षभरीको शैक्षिक सामाग्रीसहित आफ्नो सहयोग प्रदान गरेको छ ।

नयाँ शैक्षिक सत्रको प्रारम्भसँगै यस संस्थाका निम्ति यो अत्यन्तै प्रतिक्षित अनुदान थियो । सन् २०१७ देखि हिमालय एयरलाइन्स्को संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको प्रयास नेपाल एक गैर–सरकारी, गैर–नाफामूलक र सामाजिक संस्था हो ।

विगतका वर्षहरुमा आवश्यक शैक्षिक सामाग्री, खाजा/नास्ता, खाद्यान्नहरूका साथै कोभिड–१९ विरुद्धका सामाग्रीहरुको आपूर्तिमार्फत हिमालय एयरलाइन्सले निरन्तर सहयोग गर्दै आएको छ । सन् २०२२ को मे १ मा आफ्नो स्थापनाको १९औं वर्षमा प्रवेश गरेको प्रयास नेपालले विभिन्न सशक्तिकरण कार्यक्रमहरू मार्फत धेरैको जीवनमा सकारात्मक प्रभाव छोडेको छ ।

हाल प्रयास नेपालले २६ जना कलिला र जोसिला बाल–बालिकाको रेखदेख गरिरहेको छ । यी बाल–बालिकाले आफ्नो दृष्टिकोण र उद्देश्यलाई उच्चस्तरमा पु¥याएर संस्थाको नेतृत्व सम्हाल्ने प्रयास नेपालले सुनिश्चित गरेको छ । आजसम्म यी बाल–बालिकाहरूले आफ्नो सीपलाई निखार्दै विभिन्न क्षेत्रहरूमा आफ्नो असाधारण प्रतिभा प्रदर्शनका साथ प्रस्तुत भएका छन। जसमध्ये कतिपय त थप अध्ययनका लागि विदेशसमेत गएका छन् ।

बाल–बालिकामा उड्डयन उद्योग, पेशा र व्यावसायिक पाठ्यक्रमहरू आदि बारे चेतना जगाउने उद्देश्यका साथ यस वर्ष हिमालयले बालबालिकाका लागि अनुभव आदान–प्रदान गर्न एक विशेष शैक्षिक सत्रको आयोजना गरेको थियो । यसक्रममा हिमालय एयरलाइन्स् का जहाजका अनुभवी चालकदलले बाल–बालिकासँग अन्तरक्रिया गरेका थिए ।

उक्त सत्रको उद्देश्य यी बालबालिकाहरुमा उड्यन उद्योगबारे ज्ञानको दायरा बढाउनुका साथै नेपालको उड्यन क्षेत्रमा रहेका विभिन्न पाठ्यक्रम र पेशाका अवसरहरु बारे जानकारी गराउने थियो । कार्यक्रममा बाल–बालिकाहरुले गहिरो चासो र उत्साहका साथ सहभागिता जनाएका थिए ।

शैक्षिक सामाग्रीमा विभिन्न कक्षाका लागि शैक्षिक पाठ्यक्रमका पुस्तक, नोटबुक, रजिष्टर र क्यालकुलेटर, ज्यामिति बक्स, कलम लगायत स्टेशनरी सामाग्रीहरु समेटिएका थिए ।

प्रतिक्रिया