बिहीबार, वैशाख १३, २०८१

पेरिस सेन्ट जर्मेनका स्ट्राइकर मेस्सी सर्वाधिक कमाउने खेलाडी

नेपालखोज २०७९ वैशाख २९ गते १९:३२

काठमाडौं । पेरिस सेन्ट जर्मेनका स्ट्राइकर लियोनल मेस्सी पछिल्लो एक बर्षमा सर्वाधिक कमाउने खेलाडीको सूचीमा शिर्ष स्थानमा रहेका छन । फोर्ब्सले सार्वजनिक गरेको सूचीमा पछिल्लो बर्ष मेस्सीको कमाई सबै भन्दा धेरै रहेको जनाएको छ ।

कमाईको मामलामा उनले एनबीए खेलाडी लिबोर्न जेम्सर क्रिस्टियानो रोनाल्डोलाई पनि पछि पारेका छन् । पछिल्लो एक बर्षमा मेस्सीले एक सय ३० मिलियन डलर कमाएको फोर्ब्सले जनाएको छ । जसमा ५५ मिलियन डलर बिभिन्न ब्रान्डका प्रबद्धक भएका कारण कमाएका छन् ।

पछिल्लो एक बर्षमा धेरै कमाउने खेलाडीको सूचीको दोस्रो स्थामा एमएमए फाइटर कोनोर म्याक्ग्रेगोर छन् । तेस्रो स्थामा लस एञ्जलस लकेर्सका जेम्स रहेका छन । उनले पछिल्लो एक बर्षमा एक सय २१ मिलियन डलर कमाएका छन् । उनले एनबीएबाट मात्र ९६ दशमलव ५ मिलियन डलर आम्दानी गरेका छन् ।

क्रिस्टियानो रोनाल्डोले पछिल्लो एक बर्षमा एक सय १५ मिलियन डलर आम्दानी गरेका छन् । विश्वमा एक बिलियन आम्दानी गर्ने खेलाडी समेत रहेका रोनाल्डोको कमाई पछिल्लो बर्ष केहि घटेको हो । यस्तै ब्राजिलियन नेयमारको कमाई ९६ मिलियन डलर रहेको थियो भने तीन पटकका एनबीए च्याम्पियन स्टेफेन करीको कमाई ९२.८ मिलियन डलर छ ।

पछिल्लो एक बर्षमा धेरै कमाउने खेलाडीको सूचीमा फुटबलबाट तीन खेलाडीमात्र परेका छन । फोर्ब्सले पुरस्कार रकम, तलव, बोनस र प्रायोजकबाट आएको रकमलाई जोडेर यो सूची तयार पारेको हो ।

प्रतिक्रिया