शुक्रबार, वैशाख १४, २०८१

जम्मा ४ जनामा संक्रमण पुष्टि, १८ जना डिस्चार्ज

नेपालखोज २०७९ वैशाख २९ गते १६:३३

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा जम्मा ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट २ हजार ४६३ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको छ भने ३५४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा कसैमा पनि संक्रमण देखिएको छैन् । नेपालमा हाल १७३ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप १८ जना कोरोना भाइरस संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ९ लाख ६६ हजार ८७५ पुगेको छ । नेपालमा संक्रमण मुक्त हुने दर ९८ दशमलव ८ प्रतिशत रहेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप २१ हजार १७९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया