शनिबार, जेठ ५, २०८१

एफवान सफ्टका अध्यक्ष ढकाल विश्व प्रविधि जगतका सय चेञ्ज मेकरको सूचीमा

नेपालखोज २०७९ वैशाख २९ गते १९:५३

काठमाडौं । एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकाल विश्व प्रविधि जगतका सय चेञ्ज मेकरको सूचीमा परेका छन् । ढकाल ग्लोबल टेक चेञ्जरहरूको ‘रेष्ट अर्फ वल्र्ड’ को सय जनाको सूचीमा पर्न सफल भएका हुन् ।

विश्वमा प्रविधिको क्षेत्रमा काम गर्ने नवीन खोजकर्ता, नेतृत्वकर्ता, संस्थापक, लगानीकर्ता र नवप्रवर्तन गतिविधि गर्ने पश्चिमा देशबाहेकका सय जनालाई यो सूचीमा समावेश गरिन्छ । ढकालले सामूहिक रूपमा कसरी उत्पादन बनाइन्छ र वितरण गरिन्छ ? कसरी उद्यमीहरूलाई लगानी गरिन्छ र कसरी प्राविधिक प्रयोगकर्तालाई उनीहरूको स्थानीय बजारभन्दा टाढा सुरक्षित गरिन्छ भन्ने कुरामा ठूलो प्रभाव पारेको रेष्ट अफ वल्र्डको सम्पादकीय टिमले जनाएको छ ।

‘रेष्ट अफ वल्र्ड’को सूचीमा विश्वव्यापीरूपमा आधारित रिपोर्टहरू र सम्पादकहरूको नेटवर्कद्वारा छनोट गरी समावेश गराइन्छ । टेक्नोलोजी इकोसिस्टमबाट आफ्नो क्षेत्र तथा समुदायमा पारेको प्रभावका आधारमा यस सूचीमा समावेश गरिन्छ । ‘रेष्ट अफ वल्र्ड’ सूचीमा विश्वव्यापी पहुँच भएका कार्यकारीहरू, नवप्रवर्तन सक्षम गर्ने लगानीकर्ताहरू, उदीयमान उद्यमीहरू र खुला एवं समतामुलक भविष्यका लागि काम गर्ने व्यक्तिहरूलाई समावेश गरिन्छ ।

यसअघि ढकाल २०१७ मा ‘म्यानेजर अफ द इयर’बाट सम्मानित भईसकेका छन् भने अमेरिकी राज्य विभागले इन्टरनेशनल भिजिटर लिडरसिप प्रोग्राम र ग्लोबल उद्यमी समिट २०१६ मा नेपालबाट चयन पनि भईसकेका छन् । ‘रेष्ट अफ वल्र्ड’ सूचीले स्थानीय नवप्रवर्तन र विश्वव्यापी प्रचलनहरू, तिनीहरूका प्रभावहरूबिचको बिन्दुहरू जोड्ने विश्वको बाँकी लक्ष्यलाई प्रतिबिम्बित गर्दछ । विश्वका विभिन्न क्षेत्रमा बस्ने र काम गर्ने पत्रकारहरूसँग साझेदारी गर्दै रेष्ट अफ वल्र्डले विगत दुई वर्षमा ९० भन्दा धेरै देशबाट ७ सय ५० भन्दा धेरै प्रकाशनहरु प्रकाशित गरिसकेको छ ।

रेष्ट अफ वल्र्डले यही मे १२ मा विश्वब्यापी भर्चुअल प्यानल श्रृंखला घोषणा गर्दैछ । २४ घण्टाभित्र विश्वभर फैलिएका तीनवटा छुट्टाछुट्टै प्यानलका सदस्यहरुले प्रभावशाली रोस्टर प्रस्तुत गर्नेछन् र एउटै विषयवस्तुमा छलफल गर्नेछन्, ‘के कतै अब स्थानीय छ ?’ विश्वास ढकाल एक टेक उद्यमी, आविष्कारक र गतिशिल लगानीकर्ता हुन् ।

एफवान सफ्ट गु्रपका अध्यक्ष ढकाल एक उद्यमी बन्ने चाहनाले उत्प्रेरित भएर टेक्नोजोजीप्रति लगाव राखेकै कारण एक उल्लेखनीय यात्रामा छन, जुन नेपालका युवाहरुको लागि प्रेरणा हो । विश्वास ढकाल र उनका साथीहरुले एफवान सफ्टमा विकास गरेका फिनटेक समाधानहरु देशका हरेक कुनामा पुगेका छन् र आज डेढ करोडभन्दा धेरै मानिसलाई सेवा प्रदान भइरहेको छ । एफवान सफ्ट गु्रपमा एफवान सफ्ट इन्टरनेशनल, इसेवा, फोनपे, इसेवा मनी ट्रान्स्फर, एक्स्टेन्सो डाटा जस्ता धेरै नविन कम्पनीहरु समावेश छन् । उनले आफ्नो व्यवसायलाई विश्वभर विस्तार गर्ने योजना पनि बनाएका छन् ।

प्रतिक्रिया