शनिबार, वैशाख १५, २०८१

के लक्ष्मीको पूजा गर्दा धन प्राप्त हुन्छ ?

नेपालखोज २०७९ वैशाख ३० गते ५:००

हिन्दु धर्मशास्त्रमा लक्ष्मीलाई धनकी देवी मानिन्छ । ज्ञान, शक्ति र धन तीन कुराले पूर्णता हुनु नै जीवनको सार्थकताका रुपमा बुझिन्छ । यसर्थ, ज्ञान र शक्ति जति अपरिहार्य छ, उति नै धन पनि । के लक्ष्मीको पूजा गर्दा धन प्राप्त हुन्छ ।

वास्तवमा पूजा भनेको श्रम र साधना हो । कुनै पनि प्राप्तिका लागि गरिने सार्थक श्रम र साधना नै खासमा पूजा हो । चाणक्य नीतिअनुसार लक्ष्मीपूजाको अर्थ साधना, श्रम र मिहिनेत हो ।

चाणक्य नीतिमा भनिएको छ, ‘फोहोर बस्त्र लगाउने, सरसफाइमा ध्यान नदिने, कटुभाषी, क्रोधी, खर्चालु, शौखिन व्यक्तिलाई लक्ष्मीले त्याग गर्छिन् ।’ साथै, सूर्योदय र सूर्यास्तका बेला सुत्ने व्यक्तिलाई लक्ष्मीले रुचाउँदिनन् ।

यो भनेको, स्वस्थ, फूर्तिलो, सफा, परिश्रमी र मिहिनेती हुनुपर्छ भन्ने हो । धन आर्जन गर्ने सूत्र पनि यही हो । अहिले विश्वमा जे जति धनाढ्य छन्, उनीहरुले कठोर लगाव, परिश्रम, सिर्जनशीलताकै आलोकमा टेकेर माथि उठेका हुन् ।

लक्ष्मीलाई प्रशन्न बनाउनका लागि सही समयमा सही ठाउँमा लगानी गर्न जान्नुपर्छ । लगानी गरिने क्षेत्रमा आफ्नो ज्ञान, अनुभव, सीप, सामथ्र्य र लगाव हुनुपर्छ । लक्ष्मी खुशी पार्न कुवेरको प्रतिमा राख्ने, नरिवल चढाउने धार्मिक परम्परा छ । यससँगै मुंगा, कौडा, शंख आदि चढाउनुपर्छ भनिन्छ । यी सबै सुख/समृद्धिका प्रतिक हुन् ।

प्रतिक्रिया