शुक्रबार, वैशाख १४, २०८१

इस्लामका पाँच आधार

नेपालखोज २०७९ वैशाख ३० गते ७:१५

रसुल (सल्लल्लाहु अलैही वसल्लम) ले भन्नुभएको छ- इस्लाम पाँच कुरामा आधारित छ ।
कुरानको प्रथम अध्यायमा आस्था र एकइश्वरवादको सन्दर्भमा रहेको छ, जसको शिर्षक ‘तपाईको आस्था’ छ ।रसुल (सल्लल्लाहु अलैहीव सल्लम) ले भन्नुभएको छ– “सलाह इस्लामको जग हो ।” (तिर्मिजी : २७४९) अर्थात् सलाह इस्लामको अत्यन्त महत्वपुर्ण आधार हो । सलाह बिना इस्लामको कुनै अर्थ नै छैन । तर सलाह पढ्नका लागि पवित्र हुनु अनिवार्य छ ।
इस्लामका आधारहरू–
१.अल्लाह बाहेक कोही सत्य ईश्वर छैन र मोहम्मद (सल्लल्लाहु अलैही वसल्लम) अल्लाहका रसुल हुन भन्ने कुराको गवाही दिनु ।
२. सलाह (नमाज) पढ्नु ।
३ . जकात (दान) दिनु ।
४ .रमजानको व्रत (रोजा) बस्नु ।
५ . हज (तीर्थ यात्रा) गर्नु ।

(फहद बिन सालिम बाहमामको नयाँ मुस्लिम निर्देशिकामा आधारित ।)

प्रतिक्रिया