शुक्रबार, वैशाख १४, २०८१

मानव समाजको विकास र दर्शनको उदय

नेपालखोज २०७६ फागुन १० गते १२:४३

हालसम्मको वैज्ञानिक आविष्कार तथा प्राप्त तथ्यहरु अनुसार आजभन्दा करिव १५ अर्व वर्ष ब्रम्हाण्डको स्वनिर्माण भएको थियो । शुरुमा ब्रम्हाण्ड धेरै तातो भए पनि क्रमश सेलाउदै गएपछि तारा र ग्रहमण्डलहरु बन्न थाले । त्यसै क्रममा आजभन्दा करिब ४ अर्व ६० करोड वर्ष पहिले हाम्रो पृथ्वी सहित सौर्यमण्डलको पनि स्वनिर्माण भयो ।

९ ग्रह, ६६ उपग्रह र छरिएर रहेका करोडौँ टुक्रा टाक्रि मिलेर बनेको सौर्यमण्डलमा पृथ्वी भन्दा सुर्यतर्फको छेउमा रहेको शुक्र ग्रह हाम्रो सौर्य मण्डलकै सवैभन्दा तातो ग्रह तापपनि ४३५ से का रुपमा रहेको छ भने पृथ्वीभन्दा ठीक पछाडि रहेको मंगल ग्रह चाहि बरफ पिण्डको रुपमा रहेको छ ।

तर पृथ्वीमा भने सुर्यबाट आउने रेडियो विकिरण लाई रोक्न क्षमताको ओजोन तह सहितको जीवीत्पत्तिका निम्ति उपयुक्त पर्यावरण तयार भयो र त्यहि उपयुक्त वातावरणमा आजभन्दा करिब ३ अर्व ८० वर्ष पहिले जीवनको अस्तित्व देखा पर्यो तथ्यको रुपमा प्राप्त जीवावशेषहरुबाट स्पष्ठ हुन्छ कि सबभन्दा पहिले पानिभित्र एककोषिय जीव देखापर्यो र त्यसपछि क्रमश बहुकोषीय, अरीडधारी, रीडधारी, उभयचर,स्थलचर, अण्डज, स्तनधारी, उद्ग्रचारी हदै अन्तमा मानिसको आविर्भाव भयो ।

स्तनधारी प्राइमेटहरु मध्येबाट ठाडो तर कुप्रो भएर दुई खुटाले हिडन सक्ने तथा टेक्ने कामबाट मुक्त हात र अरु प्राणीको भन्दा विकसित मस्तिष्क भएको एक प्राणी विकसित भयो । मानविय तीन गुण मानिने उपर्युक्त तीन विशेषतायुक्त प्राणीलाई नै आदि मानव मानिन्छ । यस्तो खालको प्राणी आजभन्दा २० देखि ४० लाख वर्ष पहिले अफ्रिका र दक्षिण पुर्वी एशियाका विभिन्न क्षेत्रमा विचरण गर्दथ्यो भन्ने तथ्यहरु पाइएका छन् । त्यस आदि मानवलाई अष्ट्रेलोपिथेकस भन्ने नाम दिइएको छ ।

कार्ल माक्र्स विश्लेषणमा अरु प्राणी र मानिस वीचको मुल भिन्नता हो औजारको निर्माण कार्य मानिस मात्र त्यस्तो प्राणि हो जसले आफूलाई आवश्यक पर्ने औजारहरुको निर्माण आफैँ गर्दथे । अष्ट्रेलोपिथेकस औजार निर्माणको तहमा पुगिसकेको थिएन तर पनि ऊ औजार निर्माण गर्ने हात र अनुभव हासिल गरेर संगाली राख्ने मस्तिष्कको मालिक बनिसकेको थियो । त्यहि अवस्थाबाट मासिले औजार निर्माणको अभ्यास शुरु गर्यो ।

आजभन्दा २ देखि २० लाख वर्ष पूर्वको अवधिमा जिन्जान्थ्रोपस, सिनान्थ्रोपस र पिथेकान्थोपस आदि नामका औजार निर्माता मानव प्रजातिहरुको विकास भयो त्यसै अवधिमा आगोको प्रयोग तथा सरलतम बोली र भाषाको पनि विकास भयो त्यस कालको अन्तमा आईपुग्दा मानिसले औजार निर्माण गर्ने र शिकार खेल्ने नयाँ विधिहरुको समेत विकास गयो ।

मानव जातिको इतिहासमा वैचारिक परिघटनाको प्रारम्भ आज भन्दा २ लाख देखि ४० हजार वर्ष पूर्वको अवधिमा भयो । नियण्डरथल मानवको प्रतिनिधित्व गर्ने यसै कालमा मानिसको शारीरिक श्रमद्धारा प्राप्त उपलब्धिहरुबाट अनुभव हासिल गरी विचारको निर्माण गर्ने र बोली एवम भाषाको माध्यमबाट विचारको आदान प्रदान गर्ने प्रक्रिया शुरु गयो ।

आजभन्दा करिब ४० देखि २० हजार वर्ष पहिले आधुनिक मानव वा प्राज्ञ मानव को विकास भयो । त्यही अवधिमा मानिस सामुदायिक जिवनको तहमा आइपुग्यो र उसले सामुहिक चिन्तन पनि गर्न थाल्यो ।

तर पनि त्यस वेला भौतिक उत्पादन कार्य अत्यन्त सरल वा अविकसित भएकाले तदनरुप नै मानिसको चिन्तन पनि सरलतम प्रकृतिको हुनु स्वभाविकै थियो । आहार संग्रह गरेर जीवन चलाउने त्यस प्रारम्भिक समाजको उत्पादक शक्ति अन्यन्त अविकसित र निम्न स्तरको थियो । त्यस वेला मानिसको प्रकृतिको नियम र तत्वको बारेमा जानकारी राख्दैन्थ्यो ।
उसले सूर्य, चन्द्र,तारा आदि देख्दथ्यो तर तिनिहरुको संरचना र गतिको वारेमा कुनै जानकारी राख्दैनथ्यो । उसले वाढी, पहिरो, आँधिँ हुरी, भुकम्प, चट्याङ्ग डढेलो आदिको सामना गर्नुपर्दथ्यो तर ती घटनाहरु कसरी घट्छन् भन्ने ज्ञान उसलाइ थिएन । त्यस अवस्थामा उसले यस्ता घटना घटाउने कुनै अलौकिक वा अदृश्य शक्ति होला भन्ने कल्पना गयो अगाडि बढदै जादा उपर्युक्त काल्पनिक शतिmलाई ईश्वर भन्न थालियो खुसी पार्न पुजा आजा गर्ने र भोग दिने चलन शुरु गर्यो । अलौकिक रहस्यमय शतिmको कल्पना गर्ने मानिसले आफैलाई पनि रहस्यमय बनाउन थाल्यो र टुना मुना एवम् जादुको समेत विकास भयो ।

दर्शन सन्दर्भ मानिसको सरलता चिन्तनको सन्दर्भ हो । त्यस सरलतम चिन्तलाई दार्शनिक चिन्तन भनिँदैन । समाजको उत्पादक शक्तिले एक हदसम्म विकास गरिसकेपछि जव मासिनले संसार के हो र यो कसरी चल्दछ भन्ने बारेमा चिन्ता गर्न थाल्दछ तव त्यस चिन्तनलाई मात्र दार्शनिक चिन्तन भनिन्छ ।

आदिम सामुदायिक समाजका मानिसहरुको चिन्तन वा ज्ञान र व्यवहारको सामन्यीकरणबाट दर्शनशास्त्रले आकार लिएको हो । निर्माण प्रकियाको हिसावले दर्शनशास्त्र भनेको प्रकृति, समाज र चिन्तनको सम्बन्धमा तत्कालीन समाजमा विद्यमान ज्ञान वा चेतनाको संश्लेषण वा सम्बाद हो ।

कुनै पनि संश्लेषण वा सम्वादको निर्माण हुनुको निम्ति वाद र प्रतिवादको आवश्यकता पर्दछ संसारको रहस्यात्मक काल्पनिक चित्र वा प्रतिविम्व प्रस्तुत गर्ने मिथोलजी मानिसको प्राचीनतम चिन्तनको रुपमा देखा पर्यो । त्यही मिथोलजीबाट धर्मशास्त्रको विकास भयो । अनि मिथकहरुमा रुमलिएको त्यस धर्मशास्त्रले भन्दा फरक ढंगले संसारको तार्किक व्याख्या गर्ने प्रयत्न शुरु भयो र त्यही धर्मशास्त्र र संसारको तार्किक व्याख्या गर्ने प्रयत्नका वीचको संघर्षबाट एउटा सम्वाद वा संश्लेषणको रुपमा दर्शनशास्त्रको उदय भयो ।

प्रतिक्रिया