बुधबार, वैशाख १२, २०८१

आईपीएल : मुम्बईले चेन्नाई ५ विकेटले हरायाे

नेपालखोज २०७९ वैशाख ३० गते ७:००

काठमाडाैं । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा मुम्बई इन्डियन्सले तेस्रो जित दर्ता गरेको छ । १२ मध्य तेस्रो जित दर्ता गरेको मुम्बईले ६ अंक जोड्दै तालिकाको पुछारमा आफूलाई राखेको छ ।

गएराति भएको खेलमा चेन्नाई सुपर किंग्सलाई ५ विकेटले पराजित गरेको हो । मुम्बईसँग पराजित भएको चेन्नाईले १२ खेलबाट ८ अंकमात्रै जोडेको छ। मुम्बई र चेन्नाईको प्लेअफ पुग्ने सम्भावना पनि सकिएको छ ।

९८ रनको सामान्य लक्ष्य पछ्याएको मुम्बईले १४.५ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो । मुम्बईलाई जिताउनका रोहित शर्माले १८ रन बनाएका थिए ।

प्रतिक्रिया