आइतबार, भदौ ३०, २०८१

‘जनताले विगतको कामका मूल्यांकन गरेर मलाई जिताउनेमा विश्वस्त छु’ (भिडियोसहित)

नेपालखोज २०७९ वैशाख ३० गते ११:१७

काठमाडाैं । भरतपुर महानगरपालिकाकी मेयरकी उम्मेदवार रेणु दाहालले भरतपुर महानगरपालिकामा रहेको मतदान स्थलबाट स्थानीय निर्वाचनको मतदान गरेकी छन् ।

मतदान गरेपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले जनताले विगतको कामका मूल्यांकन गरेर आफूलाई जिताउनेमा विश्वस्त रहेको बताए । मेयरकी उम्मेद्वार उनले आगामी दिनमा भरतपुरको समृद्धिका लागि पनि आफूलाई मतदाताले जिताउने बताए । उनले जितपछि भरतपुरलाई देशकै नमूना सहर बनाउने पनि घोषणा गरिन् ।

मेयरकी उम्मेद्वार दाहालले भने, ‘हामी संघीयतापछिको दोस्रो स्थानीय तहको निर्वाचनमा छौँ । जनताले विगतको कामको मूल्यांकन र भरतपुरको आगामी समृद्धिको लागि मलाई जिताउनुहुनेछ । भरतपुर देशको एउटा नमूना शहर बनाउने कुरालाई बुझेर त्यो उद्देश्यका साथ मेरो उम्मेवारी हो । गठबन्धनले जित्नेमा म शतप्रतिशत ढुक्क छु ।’

दाहाल सत्ता गठबन्धनमा माओवादी केन्द्रको तर्फबाट भरतपुर महानगरपालिकाको लागि प्रमुखमा उम्मेद्वार छन् । उनको मुख्य प्रतिष्पर्धीको रुपमा नेकपा एमालेबाट विजय सुवेदी र नेपाली कांग्रेसका स्वतन्त्र उम्मेवार जगन्नाथ पौडेल रहेका छन् । देशवासीले भरतपुर महानगरपालिकाको निर्वाचनलाई मुख्य चासोका साथ हेरेका छन् ।

प्रतिक्रिया