शनिबार, असोज ५, २०८१

श्रीलंकाको प्रधानमन्त्रीमा विक्रमासिंघे नियुक्त

नेपालखोज २०७९ वैशाख ३० गते १७:०५

काठमाडाैं । श्रीलंकाको प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त भएका छन् । बिहीबार नयाँ प्रधानमन्त्रीका रुपमा राष्ट्रपति गोटबाया राजापाक्षेले रनिल विक्रमासिंघेलाई नियुक्त गरेका हुन् । उनि श्रीलंकाको पूर्व प्रधानमन्त्री भैइसकेका छन् । विक्रमासिंघे श्रीलंकामा पटक पटक प्रधानमन्त्री भएका हुन् । उनले नयाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रपति बिहीबार नै सपथ गराएकाे बताए ।

हाल श्रीलंका चरम आर्थिक संकटबाट गुज्रिरहेको छ । श्रीलंकामा महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट केही दिनमात्र अघि राजीनामा दिएका थिए ।राजापाक्छेको राजीनामा मागेर देशमा आन्दोलन पनि भएको थियो । त्यसपछि उनले वैशाख २६ गते आफ्ना भाइसमेत रहेका राष्ट्रपति गोटवाया राजापाक्षेलाई राजीनामा बुझाएका थिए ।

आर्थिक संकटका कारण हाल श्रीलंका खाद्यान्न, इन्धन र औषधिको समेत चर्को अभाव भएको छ । विविध कारणहरुले देश आर्थिक संकटमा फसेको छ ।महिन्दा राजापाक्षेले सोमबार प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि पनि यसलगत्तै राजधानी कोलम्बोमा दंगा फैलिएको थियो ।

यहाँ आन्दालेनका कारण हिंसामा परेर कम्तीमा नौ जनाको मृत्यु हुनुको साथै दुई सय भन्दा बढी घाइते भएका छन् । नयाँ प्रधानमन्त्री विक्रमासिंघे यहाँको युनाइटेड नेशनल पार्टीका नेता छन् । उनि यहाँ लामो समयदेखि राजनीतिमा सक्रिय छन् । विक्रमासिंघेलाई यहाँको अर्को राजनीतिक परिवार राजापाक्षेहरूको निकट पनि मानिन्छ । त्यसैले पनि उनलाई प्रधानमन्त्रीका रूपमा चुनिएको विज्ञहरुको भनाइ छ रहेको छ ।

प्रतिक्रिया