शनिबार, वैशाख १५, २०८१

बलिउड मेल एक्टर्सको ‘ब्युटी’ सर्जरी

नेपालखोज २०७९ वैशाख ३१ गते ११:४१

ब्युटी सर्जरी फिमेल एक्ट्रेसले मात्र गराउँदैनन् मेल एक्टर्सहरु पनि उमेर लुकाएर सुन्दर देखिन ब्युटी सर्जरी गराउँछन् । प्लास्टिक सर्जरी जस्ता कुरालाई केवल महिलाहरुसँग जोड्ने प्रयास गरिए पनि यसबाट पुरुषहरु पनि अछुतो छैनन् । भारतको चलचित्र उद्योग जसलाई बलिउड पनि भनिन्छ । बलिउडमा यस्ता कैंयन् पुरुष कलाकार छन् जसले सार्वजनिक रुपमा केही नबताए पनि ब्यूटी सर्जरी गराएका छन् ।

शाहरुख खान (बोटोक्स)
शाहरुख खानले अहिले पनि आफ्नो लुक्समार्फत् बलिउड किड्सहरुलाई टक्कर दिइरहेका छन् । वास्तवमा खान ५६ वर्षको भइसकेका छन् र उनको छोरा-छोरीको उमेरका कलाकार अहिले बलिउडमा सक्रिय छन् । उनीहरुसँगै प्रतिस्पर्धामा रहेका शाहरुख खानले आफूलाई जवान देखाउन बोटोक्स र इन्जेक्सनको सहयोग लिएका छन् । यसबाट उनको अनुहारको रिङ्कल्स कम भएको छ भने उनको उमेरसमेत छोपिएको छ ।

शाहिद कपुर (राइनोप्लास्टी )
शाहिद कपुरका पुराना तस्बिर र नयाँ तस्बिरमा तुलना गर्ने हो भने के स्पष्ट हुन्छ भने उनले आफ्नो नाकको सर्जरी गराएका छन् । यसमा शाहिदले आफ्नो नाकलाई अलिकति माथि लिफ्ट गरेका छन् । यसबाट शाहिदक‍ो नाकले परफेक्ट आकार प्राप्त गरेको छ ।

सैफ अली खान ( बोटोक्स )
जवान देखिन कसलाई मन लाग्दैन ? यदि कोही कलाकार हो र उसले सधैं क्यामेरा फेस गर्नुपर्छ भने त यो एउटा आवश्यकता पनि बन्न पुग्छ । यही दवाव वा आवश्यकतामा सैफ अली खानले पनि बोटोक्स ट्रिटमेन्टको सहयोग लिएका छन् । यसबाट उनको अनुहारका कमजोरीहरु छोपिएका छन् ।

सलमान खान (बोटोक्स )
सलमानले पनि ब्यूटी सर्जरी को सहारा लिएका छन । सलमानका पुराना फोटो र नयाँ फोटो बिच तुलना गर्ने हो भने आकास – जमिनको फरक देखिन्छ । पहिले सलमानका गाला पातला थिए । गाला सर्जरी र बोटोक्सको प्रयोगका कारण सलमान अर्कै देखिन्छन् । उनले हेयर ट्रान्सप्लान्टसमेत गराएका छन् ।

अमिर खान (बोटोक्स)
थ्रि इडियट्समा काम गर्दा आमिर ४४ वर्षका थिए । उक्त चलचित्रमा उनी निकै जवान र हेण्डसम देखिएका थिए । यद्यपि त्यो बोटोक्सको चमत्कार थियो । बोटोक्सकै कारण मिर आज पनि युवा र स्मार्ट देखिन्छन् ।

रणवीर कपुर (हेयर करेक्सन)
बलिउडका चकलेटी नायक रणवीर कपुरले पनि ‘ब्युटी’ सर्जरीको सहयोग लिएका छन् । पहिले रणवीर कपुरको हेयरलाइन ठिक देखिदैनथ्यो । रणवीरले हेयर करेक्सन ट्रिटमेन्टमार्फत् आफ्नो हेयरलाइन ठिक गराएका हुन् ।

अक्षय कुमार (हेयर ट्रान्सप्लान्ट)
यो सूचीमा अक्षय कुमारसमेत सामेल छन् । अक्षयको कपाल निकै पहिले देखि नै झर्न थालेको हो । सुरु-सुरुमा उनले फिल्ममा विग (नक्कली कपाल ) प्रयोग गरे । यद्यपि केही समय पहिले उनले हेयर ट्रान्सप्लान्ट नै गराएका छन् ।

कपिल शर्मा (हेयर ट्रान्सप्लान्ट)
टेलिभिजनका प्रशिद्ध कमेडियन कपिल शर्मा निकै चर्चामा रहन्छन् । कपिल पनि केस झर्ने समस्याले पीडित थिए । कपिलका पुराना फोटा हेर्ने हो भने उनले हेयर ट्रान्सप्लान्ट गरेको स्पष्ट बुझ्न सकिन्छ ।

प्रतिक्रिया