शुक्रबार, भदौ २८, २०८१

लुम्बिनीसहित ४ वटा प्रदेशमा बिहानैदेखि वर्षा, ६ वटा प्रदेशमा दिउँसाे पानी पर्ने सम्भावना

नेपालखोज २०७९ वैशाख ३१ गते ६:२६

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १, मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।

त्यस्तै आज दिउँसो प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुका साथै मधेश प्रदेश तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राति प्रदेश नं १ लगायत देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने प्रदेश नं १, मधेश प्रदेश र वाग्मती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया