शुक्रबार, वैशाख १४, २०८१

घोराही उपमहानगरपालिकाको मतगणना सुरु

नेपालखोज २०७९ वैशाख ३१ गते ११:४७

काठमाडाैं । घोराही उपमहानगरपालिकाको मतगणना सुरु भएको छ । बिहान १०ः३० बजेदेखि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो उक्त महानगरपालिकाको वडा नं १४ र १९ बाट मतगणना सुरु गरिएको हो । उपमहानगरमा कूल एक लाख १२ हजार ९२७ मतदाता रहेकामा ७६ हजार ५२९ अर्थात् ६७दशमलव७६ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

यसैबीच जिल्लाका दंगीशरण, बबई, शान्तिनगर, राजपुर, गढवा, राप्ती, बंगलाचुली र लमही नगरपालिकामा मतगणना जारी रहेको तर तुलसीपुर उपमहानगरपालिकाको मतगणना जेठ ३ गतेदेखि गरिने भएको छ । उक्त उपमहानगरपालिकाको वडा नं १७ मा नेकपा एमालेबाट वडाध्यक्षमा उम्मेदवार बनेका लबरु चौधरीको निधन भएपछि सो वडामा जेठ ३ गते निर्वाचन सम्पन्न भएपछि बेलुकादेखि मतगणना गरिने जनाइएको छ ।-रासस

प्रतिक्रिया