शुक्रबार, भदौ २८, २०८१

निर्वाचन अपडेट : अहिलेसम्म कुन पार्टीले कति प्रमुख र उपप्रमुखमा अग्रता लिए ?

नेपालखोज २०७९ वैशाख ३१ गते १७:०७

काठमाडौं । देशभरका प्रायः सबै केन्द्रमा भएको स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । केही स्थानीय तहको मतपरिणाम आइसकेको छ । पछिल्लो मतपरिणाम अनुसार देशभरका स्थानीय तहको प्रमुखमा कांग्रेस अगाडि छ । यो समाचार तयार पार्दासम्म कांग्रेस १७१ वटा पालिका प्रमुखमा अग्रता लिइरहेको छ ।

यस्तै कांग्रेसले १३७ वटा स्थानीय तहको उपप्रमुखमा अग्रता लिएको छ । यस्तै नेकपा एमालेले १०४ वटा स्थानीय तहको प्रमुख पदमा अग्रता लिएको छ । १०६ उपप्रमुख पदमा अग्रता लिएको छ । यसैगरी नेकपा माओवादी केन्द्रले ६९ वटा पालिका प्रमुखमा अग्रता लिएको छ ।

सो पार्टीले ६३ वटा पालिकाको उपप्रमुखमा अग्रता लिएको जनाइएको छ । यस्तै जसपा नेपालले ६ प्रमुख र ७ उपप्रमुखमा अग्रता कायम गरेको छ । यस्तै एकीकृत समाजवादी ८ प्रमुख र ७ उपप्रमुखमा अग्र स्थानमा छ । लोसपाले १ स्थानमा प्रमुख र १ स्थानमा उपप्रमुखमा अग्रता कायम गेरको छ । अन्य दलले भने यो समाचार तयार पार्दासम्म प्रमुख र उपप्रमुख पदमा अग्रता कायम गर्न सकेका छैनन् ।

अहिले कांग्रेसले ४ वटा प्रमुख पद जितेको छ । उपप्रमुखमा ३ पद जितेको छ । यस्तै एमालेले प्रमुख ६ र उपप्रमुख ५ पद जितेको छ । माओवादी केन्द्र प्रमुखमा १ र उपप्रमुखमा २ स्थानमा अगाडि छ । यस्तै एकीकृत समाजवादीले प्रमुखमा २ र उपप्रमुखमा १ पद जितेको छ । अन्य दलले विजयी हासिल गर्न सकेका छैनन् ।

प्रतिक्रिया