शनिबार, असोज ५, २०८१

तारकेश्वर नगरपालिकामा कांग्रेसको अग्रता

नेपालखोज २०७९ वैशाख ३१ गते १८:०२

काठमाडाैं । काठमाडौँको तारकेश्वर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ । स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको आज तीन हजार ८७२ मत गणना हुँदा कांग्रेसका उम्मेद्वार कृष्णहरि महर्जनले एक हजार ६३८ मतका साथ अग्रता लिएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार रामेश्वर बोहोराले एक हजार ३५१ मत प्राप्त गरेका सो नगरपालिकाका निर्वाचन अधिकृत चपला पोखरेलले जानकारी दिए ।

यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेद्वार सिर्जना बुर्लाकोटीले एक हजार ५५७ र नेकपा (एमाले)की उम्मेद्वार भवानी डोटेलले एक हजार ३६२ मत प्राप्त गरेका छन् । कुल ११ वडा रहेको तारकेश्वर नगरपालिकामा ३५ हजार ८२ मतदाता रहेकोमा २६ हजार ७०२ मत खसेको थियो ।

प्रतिक्रिया