शुक्रबार, भदौ २८, २०८१

ललितपुर महानगर र महालक्ष्मी नगरपालिकामा कांग्रेसको अग्रता

नेपालखोज २०७९ जेठ १ गते ९:०८

काठमाडाैं । ललितपुर महानगरपालिकामा प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले)की उम्मेद्वार मञ्जली शाक्यको अग्रता कायम रहेको छ । मतपरिणामअनुसार हालसम्म एक हजार चार सय मत गणना भएको छ ।

कांग्रेसका उम्मेदवार महर्जनले ७०६ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले ३३६ मत पाएका छन् । महालक्ष्मी नगरपालिकामा एक हजार ७६ मत गणना हुँदा माओवादीको अग्रता कायम छ । नगर प्रमुखमा माओवादीका शिव कट्टेलले ३१६ मत र एमालेका हरिगोविन्द श्रेष्ठले ३६९ मत पाउनुभएको पाएका छन् ।

उपप्रमुखमा एमालेकी विना सुवेदी केसीले ४२२ मत र कांगे्रसबाट लक्ष्मी महर्जनले ३३८ मत पाएकी छन् । महालक्ष्मी –१ अध्यक्षमा एमालेका छिरिङ लामाले ३५३, माओवादीका अभिषेक केसीले २२६ र कांग्रेसका मधुसुदन केसीले २१२ मत प्राप्त गरेका जनाइएको छ ।

प्रतिक्रिया