टोखा नगरपालिका १ मा कांग्रेसको प्यानलै विजयी, वडाध्यक्षमा लामिछाने
मेयर र उपमेयरमा एमालेको अग्रता
नेपालखोज
२०७९ जेठ १ गते १४:२२
काठमाडौं । टोखा नगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ । वडा नम्बर १ मा कांग्रेस उम्मेद्वार रमेशकुमार लामिछानेको प्यानलले विजय हासिल गरेको छ ।
यता मेयर र उप-मेयरमा भने एमालेले अग्रता लिएको छ । पछिल्लो मतरिणामअनुसार मेयरमा एमालेका प्रकाश अधिकारीले १३५६ मत प्राप्त गरेका छन् । यसैगरी एमालेबाट उपमेयरकी उम्मेदवार ज्ञानमाया डंगोलले १ हजार ६३ मत प्राप्त गरेकी छन् ।
मेयर कांग्रेसकी रजनी थापाले एक हजार ८६ मत प्राप्त गरेकी छन् । उपमेयर कांग्रेसकै मुरारी तामाङले ९४० मत प्राप्त गरेका छन् । मेयरमा माओवादीका शेखर श्रेष्ठले १९५ मत ल्याएका छन् । उपमेयरमा यमुना पुडासैनी अधिकारीले २५१ मत प्राप्त गरेकी छन् ।
सम्बन्धित
प्रतिक्रिया