शुक्रबार, भदौ २८, २०८१

कांग्रेसले ९ र एमालेले १० प्रमुख पद जित्यो, जारी मतगणनामा भने कांग्रेसको अग्रता

नेपालखोज २०७९ जेठ १ गते १४:००

काठमाडौं । देशभरका प्रायः सबै केन्द्रमा भएको स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । केही स्थानीय तहको अन्तिम मतपरिणाम आउने क्रम जारी छ । पछिल्लो मतपरिणाम अनुसार देशभरका स्थानीय तहको प्रमुखमा कांग्रेस अगाडि छ ।

यो समाचार तयार पार्दासम्म कांग्रेस २४४ स्थानमा अगाडि छ । ९ वटा स्थानीय तहको प्रमुखमा जित हासिल गरेको छ । १० वटा उपमेयरको पदमा विजयी हासिल गरेको छ । यस्तै नेकपा एमालेले १९४ वटा स्थानीय तहको प्रमुख पदमा अग्रता लिएको छ । यस्तै उपप्रमुखका १ सय ८२ स्थानमा अग्रता कायम गरिरहेको छ । १० प्रमुख र ८ उपप्रमुखमा विजयी हासिल गरेको छ ।

नेकपा माओवादी केन्द्रले ११३ वटा पालिका प्रमुखमा अग्रता लिएको छ । सो पार्टीले ११८ वटा पालिकाको उपप्रमुखमा अग्रता लिएको जनाइएको छ । माओवादीले प्रमुखमा ३ र उपप्रमुखमा ३ पदमा विजयी हासिल गरेको छ ।

यस्तै जसपा नेपालले २८ स्थानमा प्रमुख पदमा अग्रता कायम गरेको छ । ३० उपप्रमुखमा अगाडि छ । यस्तै एकीकृत समाजवादी पार्टी १५ प्रमुख र १८ उपप्रमुखमा अग्रस्थानमा छ । २ प्रमुख र २ उपप्रमुखमा विजयी हासिल गरेको छ ।

यस्तै लोसपा ८ स्थानको प्रमुखमा अगाडि छ भने ५ उपप्रमुखमा पनि अग्रता कायम गरिरहेको छ । अन्य दलले भने यो समाचार तयार पार्दासम्म स्वतन्त्र लगाउत अन्य दलले २४ प्रमुख र २१ उपप्रमुख पदमा अग्रता कायम गरेका छन् ।

प्रतिक्रिया