प्रदेश १ मा बिहानैदेखि वर्षा, ५ वटा प्रदेशमा दिउँसाे पानी पर्ने सम्भावना
काठमाडाैं । हाल नेपालमा स्थानीय वायु र भारतको विहार, पश्चिम बंगाल आसपास रहेको न्युन चापीय रेखाको सामान्य प्रभाव रहेको जल तथा माैसम पू्र्वानुमान महाशाखाले जनाएकाे छ । अहिले प्रदेश नं १ मा सामान्य बदली रही मधेस प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेकोछ प्रदेश नं १ एक-दुई स्थानमा हल्का वर्षाको भइरहेको विभागले उल्लेख गरेकाे छ ।
आज दिउँसो प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ भने प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुका साथै लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।
त्यस्तै आज राति प्रदेश नं १ र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिकदेखि मौसम समान्यता सफा रहनेछ भने प्रदेश नं १ र गण्डकी प्रदेशका केही स्थानहरुका साथै वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन / चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।
प्रतिक्रिया