आइतबार, जेठ ६, २०८१

लखनउलाई हराउँदै राजस्थान आईपीएलकाे दाेस्राे स्थानमा उक्लियाे

नेपालखोज २०७९ जेठ २ गते ८:००

काठमाडाैं । राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा दोस्रो स्थानमा उक्लिएको छ । लखनउ सुपर जाइन्ट्सलाई २४ रनले पराजित गर्दै राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा दोस्रो स्थानमा उक्लिएको हाे ।

आइतबार राति भएकाे खेलमा राजस्थानले दिएको १७९ रनको लक्ष्य पछ्याएको लखनउ २० ओभरमा ८ विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो ।

यसअघि मुम्बईमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १७८ रनको योगफल तयार पारेकाे थियाे ।  जितसँगै राजस्थान १३ खेलमा १६ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया