वीरगन्जको मेयरमा जसपा र उपमेयरमा कांग्रेसका उम्मेद्वारको अग्रता
नेपालखोज
२०७९ जेठ २ गते १०:०१

वीरगन्ज । मधेश प्रदेशको वीरगन्ज महानगरपालिकामा मतगणना जारी छ । महानगरपालिकाको पछिल्लो परिणामअनुसार मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंहको अग्रता कायमै छ ।
उनले ४,३८८ मत प्राप्त गरेका छन् । एमालेका विजय सरावगीले उनलाइ पछ्याइरहेका छन् । सरावगीले १९६९ मत प्राप्त गरेका छन् ।यसैबीच उपमेयरका नेपाली कांग्रेसका इम्तियाज आलम अगाडि छन् ।
उनी भारी मतको अन्तरमा अग्रस्थानमा छन् । उनले २८६५ मत प्राप्त गरेका छन् । उपमेयरमा लोसपाका पुरुषोत्तमलाल झाले ४७७ मत प्राप्त गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया