बिहीबार, वैशाख २५, २०८२

वीरेन्द्रनगरको मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता, खड्का १९५ मतान्तरले अगाडि

नेपालखोज २०७९ जेठ २ गते १५:३८
Upendra Khadka Mohanmaya Dhakal

सुर्खेत । सुर्खेतका ९ वटै स्थानीय तहमा मतगणना जारी छ । विभिन्न स्थानीय तहमध्ये वीरेन्द्रनगर नगरपालिकाको नेतृत्व कसको हुने हो भन्ने सुर्खेत मात्रै नभइ कर्णाली प्रदेशका बासिन्दाकै चासो छ । पछिल्लो मतपरिणामअनुसार गठबन्धनबाट मेयर पदका उम्मेद्वार उपेन्द्रबहादुर खड्काले ५,१४९ मत प्राप्त गरेका छन् । खड्का कांग्रेसबाट मेयर पदका उम्मेद्वार हुन् ।

खड्कालाई एमालेकी मोहनमाया ढकालले पछ्याइरेहकी छन् । उनले यो समाचार तयार पार्दासम्म ४,९५४ मत प्राप्त गरेकी छन् । उपेन्द्रबहादुर १९५ मतान्तरले अगाडि छन् । यस्तै मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मुकुन्दश्याम गिरीले २,१२४ मत प्राप्त गरेका छन् । यस्तै एकीकृत समाजवादीकी मेयर पदकी उम्मेद्वार धनकुमारी जीसीले ८१ मत प्राप्त गरेकी छन् ।

यस्तै उपमेयरमा एमालेका उम्मेद्वार नीलकण्ठ खनाल अग्रस्थानमा छन् । उनले ५,९०२ मत प्राप्त गरेका छन् । माओवादीबाट उपमेयर पदकी उम्मेद्वार शान्ति ढकालले ४,०२८ मत प्राप्त गरेकी छन् । उपमेयरमा राप्रपाकी लक्ष्मीकुमारी सार्कीले ८०१ मत प्राप्त गरेकी छन् । यस्तै उपमेयरमा अनिल ढकालले ७६ र वीरबहादुर राउतले १५९ मत प्राप्त गरेका छन् ।

वडा नम्बर १ को अन्तिम मतपरिणाममा भने नेपाली कांग्रेसका दिनेश खत्री ४१ मतले विजयी भएका छन् भने अन्य सदस्यमा एमालेका उम्मेद्‌वार विजयी भए । यस्तै वडा नम्बर २ मा एमालेका गजबहादुर बुढा प्यानलसहित विजयी भएका छन् । वडा नम्बर ३ एमालेका विनोद विष्ट अध्यक्षमा निर्वाचित भएका छन् भने सदस्यमा कांग्रेसका उम्मेदवारहरु विजयी भए । यसैगरी, वडा नम्बर १५ को अध्यक्षमा कांग्रेसका कृष्णबहादुर थापा मगर प्यानलैसहित विजयी भएका छन् । वडा १४ मा भने नेकपा एमालेका देवबहादुर रोकाया प्यानलसहित विजयी भएका छन् ।

प्रतिक्रिया