आइतबार, जेठ ६, २०८१

युगान्डाले दियो नेपाललाई १०३ रनको लक्ष्य

नेपालखोज २०७९ जेठ २ गते १६:१४

काठमाडौं । घरेलु मैदानमा आजदेखि सुरु भएको टी-ट्वान्टी अन्तर्राष्ट्रिय महिला सिरिजको पहिलो खेलमा अफ्रिकी राष्ट्र युगान्डाले नेपाललाई जितका लागि १०३ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युगान्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०२ रनको योगफल बनायो । युगान्डाका लागि जनेट एमबाबाजीले सर्वाधिक २९ रनको योगदान दिइन् ।

त्यसैगरी केभिन अविनोले १५ रन बनाइन् भने फ्रान्कलिन नाजुम्बाले १२, रिता एनयागेन्गोले १८ तथा रिता मुसामालीले १३ जोडिन् ।

बलिङमा नेपालका कविता कुँवरले २ विकेट लिइन् भने कप्तान रुबिना क्षेत्री, कविता जोशी र इन्दु बर्माले समान एक/एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङ गरिरहेको छ । -रासस

प्रतिक्रिया