आइतबार, जेठ ६, २०८१

महिला क्रिकेटमा युगान्डासँग नेपालको हार

नेपालखोज २०७९ जेठ २ गते १७:१८

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली पहिलो महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय पाहुना टोली युगान्डासँग पराजित भएको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा नेपाल युगान्डासँग १२ रनले पराजित भएको हो ।

पहिलो पटक अन्तर्राष्ट्रिय सिरिज खेलेको नेपाल पहिलो खेलमा नै पराजित भएको छ । युगान्डाले दिएको १०३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो । दुई टोलीबीचको दोस्रो टी–ट्वान्टी खेल मंगलबार हुनेछ ।

प्रतिक्रिया