बुधबार, असोज २, २०८१

देशभर आंशिकदेखि सामान्य बदली रहने, ६ वटा प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

नेपालखोज २०७९ जेठ ३ गते ६:३५

काठमाडाैं । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको जल तथा माैसम पू्र्वानुमान महाशाखाले जनाएकाे छ । अहिले प्रदेश १ र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको विभागले उल्लेख गरेकाे छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका लगायत लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा  मेघ गर्जन / चट्याङ हावा हुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

त्यस्तै आज राति मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली  रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा  मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे ।

प्रतिक्रिया