दुई अर्ब १९ करोड संस्थागत निक्षेप लगानी गर्दै राष्ट्र बैंक

काठमाडौ । नेपाल राष्ट्र बैंकले दुई अर्ब १९ करोड रुपैयाँ संस्थागत निक्षेप लगानी गर्नै भएको छ ।
राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा उक्त परिमाणको रकम लगानी गर्न लागेको हो । उपदान तथा पेन्सन कोषमा रहेको रकम ३६६ दिने मुद्धतीकोरुपमा लगानी गर्न प्रस्ताव आव्हान गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
राष्ट्र बैंकका अनुसार रकम लगानीको अवधि २०८१ फागुन ६ गते देखि २०८२ फागुन ६ गतेसम्म रहेको छ । रकम लगानी गर्न चाहाने बैक तथा फाइनान्स कम्पनीले यही माघ २९ गतेसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुपर्ने छ ।
लगानीको लागि छुट्ट्याएको कुल रकम मध्ये वाणिज्य बैंकहरुको एक अर्ब ७५ करोड २० लाख, विकास बैंकको ३२ करोड ८५ लाख र फाइनान्स कम्पनीको लागि १० करोड ९५ लाख रुपैयाँ तोकिएको छ ।
रकम लगानी गर्न चाहाने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको दुई वर्ष पुरा गरेको हुनुपर्ने, निष्क्रिय कर्जा राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेको हुनुपर्ने लगायतका प्रावधान तोकिएका छन् ।
प्रतिक्रिया