१३८ पालिका प्रमुखमा कांग्रेसको जित, एमाले दोस्रो र माओवादी तेस्रो
काठमाडौं । स्थानीय निकाय निर्वाचनको पछिल्लो परिणामअनुसार सबैभन्दा बढी स्थानीय तहमा विजयी हासिल गर्नेमा नेपाली कांग्रेस देखिएको छ । कांग्रेसले अहिलेसम्म १३८ पालिका जित हासिल गरेको छ ।
यो समाचार तयार पार्दासम्म १७० पालिकामा कांग्रेस अगाडि देखिएको छ । यस्तै दोस्रो स्थानमा रहेको नेकपा एमालेले मेयर र गाउँपालिकाको अध्यक्ष गरी ९० वटा पालिका प्रमुखमा जित निकालेको छ । १०० पालिकामा भने एमाले अग्रस्थानमा छ ।
माओवादी केन्द्रले ६७ पालिका प्रमुखमा जित निकालेको छ । ५० वटा स्थानीय तहमा अग्रस्थानमा छ । यस्तै नेकपा एकीकृत समाजवादीले ४ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ । १५ पालिकामा अग्रस्थानमा छ ।
नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिकाको मेयर जितेको छ । जसपाले ३ पालिका प्रमुख जित निकालेको छ भने ३० पालिका प्रमुखमा अग्रता लिइरहेको छ । यस्तै लोसपा ११ स्थानको पालिका प्रमुखमा अगाडि छ ।
प्रतिक्रिया