शुक्रबार, भदौ २८, २०८१

सार्वजनिक यातायातको भाडा बढ्याे, भाेलिदेखि लागु हुने

नेपालखोज २०७९ जेठ ३ गते १९:२२

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै गाडी भाडा पनि बढाएको हो । सरकारले बढाएको भाडादर भाेलि अर्थात (जेठ ४ गते)देखि लागु हुनेछ ।

यातायात व्यवस्था विभागले अन्तरप्रदेश यात्रुवाहक सवारीसाधनमा ३.५ प्रतिशत बढाएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ४.६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ५.१ प्रतिशत वृद्धि भएको छ । 

प्रतिक्रिया