शनिबार, वैशाख ८, २०८१

ओमिक्रोन संक्रमितहरुको इम्युन सिस्टम बुस्टर डोजभन्दा प्रभावकारी

नेपालखोज २०७९ जेठ ४ गते १०:२९

काठमाडौं । भ्याक्सिन निर्माता BioNTech SE तथा वासिंटन विश्वविद्यालयको एक संयुक्त शोधअनुसार कोरोनाको भ्याक्सिनेसनपछि ओमिक्रोनबाट संक्रमित भएकाहरु कोरोनो भाइरसको विभिन्न भेरियन्टबाट सुरक्षित हुन्छन् । अध्ययनअनुसार ओमिक्रोन संक्रमणले खोप लगाएका रोगीमा बुस्टर डोजको तुलनामा राम्रो इम्युनिटी सिर्जना गरेको छ ।

कोभिड-१९ भ्याक्सिनको निर्माता BioNTech SE तथा वासिंटन विश्वविद्यालयको टिमले आफ्नो यो शोध प्रतिवेदन प्रि-प्रिन्ट सर्भर बायोरेक्सिभमा प्रकाशित गरेको छ ।

अहिले एकपटक फेरि संसारभर कोरोना भाइरसको संक्रमण बढिरहेको छ । त्यसका अतिरिक्त कोरोनाका नयाँ-नयाँ भेरियन्ट फेला परेका समाचार पनि सार्वजनिक भइरहेकै छन् । यस्तो परिस्थितिमा यो नयाँ अध्ययनको निष्कर्षले केही राहत प्रदान गरेको छ । यो निष्कर्षअनुसार कोरोनाविरुद्धको खोप लगाएका जो-जो मानिस ओमिक्रोनबाट संक्रमित भए उनीहरुमा निकै राम्रो इम्युनिटी क्षमताको विकास भएको छ र उनीहरु कुनै सिकिस्त रोगबाट संक्रमित भएका छैनन् ।

ब्लुमबर्ग इन्टेलिजेन्सका विश्लेषक सेम फाजेली भन्छन्, ‘कोरोनाको नयाँ भेरियन्टको लहर तीव्र गतिमा आइरहेको छ । किनभने ओमिक्रोन यति पारगम्य छ कि जसका कारण यसले फैलने र बदलिने पर्याप्त अवसर प्राप्त गर्छ । BioNTech SE ले आफ्नो तथ्यांक उद्धृत गर्दै भनेको छ, ‘पहिलो-दोस्रो डोजपछिको बुस्टर डोज मानिसहरुमा बढी प्रभावकारी साबित भएको छ ।

रोयटर्स न्युज एजेन्सीको समाचारअनुसार अहिले संसारमा कोरोना संक्रमितको संख्या ५१९ मिलियन पुगिसकेक‍ो छ । अमेरिकामा मात्र कोरोना संक्रमितको संख्या एक मिलियन पुगेको छ । डब्ल्यूएचओका अनुसार अहिले कोभिड-१९ को खतरा टरिसकेको छैन । डब्ल्यूएचओले आफ्नो ताजा रिपोर्टमा जनाएअनुसार संसारका ५० वटा देशमा कोरोनाले एकपटक फेरि शिर उठाइरहेको छ ।

प्रतिक्रिया