बिहीबार, वैशाख १३, २०८१

बसको ठक्करबाट प्रहरीसहित दुई जनाको मृत्यु

नेपालखोज २०७९ जेठ ११ गते ११:२८

बनियानी । झापामा आज यात्रुवाहक बसको ठक्करबाट प्रहरीसहित दुई जनाको मृत्यु भएको छ ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी-धरमपुर सडक खण्डमा आज बिहान को१ख ७१८७ नंको झुल्केदेवी यातायात बसले प्रदेश१-०२०४०प ७१४९ नंको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

मृत्यु हुनेमा मोरङ पथरी-शनिश्चरे-८ का २६ वर्षीय प्रकाश राई र भोजपुरको षडानन्दका २६ वर्षीय जितुहाङ राई छन् । मृतक प्रकाश जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी जवान हुन् भने जितुहाङ म्यादी प्रहरी हुन् । ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।-रासस

प्रतिक्रिया