जनकपुरको मेयरमा ४,४६६ मतसहित स्वतन्त्र उम्मेद्वार मनोजकुमारको अग्रता
जनकपुर । जनकपुरको मेयरमा स्वतन्त्र उम्मेद्वार मनोजकुमार साह सुडी अग्रस्थानमा रहेका छन् । उनले ४,४६६ मत प्राप्त गरेका छन् । सुडीलाई एमालेका शिवशंकर साहले पछ्याइरहेका छन् । साहले ३,०२३ मत प्राप्त गरेका छन् ।
यस्तै लोसपाका मनोज चौधरीले १२९९ मत पाएका छन् भने मेयर पदकै स्वतन्त्र उम्मेद्वार बलराम महतोले १,२२४ मत प्राप्त गरेका छन् । जनता समाजवादी पार्टीका लालकिशोर साहले भने १२११ मत प्राप्त गरेका छन् ।
यसैबीच उपमेयरमा किशोरी साहले ४,५९३ मत प्राप्त गरेका छन् । एमालेकी रुणादेवी झाले ३,२७० मत ल्याएकी छन् भने स्वतन्त्र उम्मेद्वार निर्मलकुमार चौधरीले १,४९६ मत प्राप्त गरेका छन् ।
यस्तै उपमेयरमै लोकतान्त्रिक समाजवादी पार्टीकी रीताकुमारी मिश्रले १,२७२, जनमत पार्टी (जपा) का सन्तोषकुमार साहले ५७०, तराई-मधेस लोकतान्त्रिक पार्टीका ईश्वर पण्डित कुम्हारले ३८६, राष्ट्रिय प्रजातन्त्र पार्टीका जितेन्द्रकुमार साह हलुवाईले ३६० मत र स्वतन्त्र उम्मेद्वार हफिजुल राइनले २३६ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया