बालेन फराकिलाे मतान्तर बढाउँदै, स्थापित र सिंहकाे मत कति पुग्याे ?
नेपालखोज
२०७९ जेठ ५ गते ८:२४

काठमाडाैं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वार बालेन शाहको अग्रता कायमै राखेका छन् । ५५ हजार ७९२ मतगणना हुँदा बालेनले आफ्नो अग्रता कायमै राख्न सफल भएका हुन् । पछिल्लो मतगणना विवरणअनुसार बालेनले २१ हजार ३२४ मत पाएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले ११ हजार २१६ मत पाएका छन् भने कांग्रेसकी सिर्जना सिंहले १० हजार ३६२ मत पाएकी छन् । राप्रपाका मदनदास श्रेष्ठले ८०९ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेद्वार सुमन सायमीले ६६७ र विवेकशीलकी समीक्षा बास्कोटाले १३९ मत प्राप्त गरेकी छन् ।
सम्बन्धित

प्रतिक्रिया