बिहीबार, वैशाख १३, २०८१

भारतमा दुई हजार ३६४ जनामा कोरोना

नेपालखोज २०७९ जेठ ५ गते १४:०४

नयाँदिल्ली । भारत २४ घण्टाको समयावधि अर्थात बुधबार मध्यरातिसम्म दुई हजार ३६४ व्यक्ति कोरोनाका संक्रमित थपिएका छन् । कूल संक्रमितको सङ्ख्या चार करोड ३१ लाख २९ हजार ५६३ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप १० को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार ३०३ पुगेको छ ।यस समयमा भारतमा ७५३ सक्रिय संक्रमित संख्या झरेपछि हाल भारतभरी सक्रिय संक्रमित १५ हजार ४१९ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

चौविस घण्टाको समयावधि अर्थात बुधबार मध्यरातिसम्म दुई हजार ५६२ कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख ८७ हजार २५९ लाई कोरोना संक्रमण निको भएको छ ।-रासस

प्रतिक्रिया