बैंकिङ कसुर मुद्दाका फरार प्रकाश रेग्मी पक्राउ

नेपालखोज २०७९ जेठ ५ गते १६:४८

काठमाडौं । बैंकिङ कसर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार जिल्ला गोरखा सिरानचोक ४ का ३७ वर्षीय प्रकाश रेग्मी पक्राउ परेका हुन् ।

सीआईबीका अनुसार रेग्मीले २०७६ कात्तिक १० गते मुक्तिनाथ विकास बैंक लिमिटेड महाराजगन्ज शाखामा रहेको आफ्नो खाताबाट रकम भुक्तान हुने भनी पर्याप्त रकम नहुँदा पनि जाहेरवालालाई दिएको चेकको भुक्तान नभएपछि पाटन उच्च अदालतले बैंकिङ कसुर मुद्दामा सजाय सुनाएको थियो । उनलाई यही जेठ ३ गतेको फैसलाले
एक दिन कैद र ९ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।

सजायपछि फरार रेग्मीलाई जेठ ५ गते काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरिएको हो । सीआईबीले फैसला कार्यान्वयनका लागि रेग्मीलाई कारागार पठाउने भएको विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया