शुक्रबार, वैशाख १४, २०८१

युगान्डाविरुद्धकाे हारसँगै नेपाल सिरिज गुमायो

नेपालखोज २०७९ जेठ ५ गते १७:२४

काठमाडाैं । नेपालविरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिज युगान्डाले जितेको छ । तेस्रो खेलमा ६ विकेटको जित निकाल्दै पाँच खेलको सिरिज युगान्डाले आफ्नो पक्षमा पारेकाे हाे । कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा आठ विकेट गुमाउँदै ९९ रन बनायो ।

युगान्डाको जितमा केभिन अविनोले अविजित ४२ रन बनाइन् । उनले ५१ बलमा चार चौका हिर्काइन् । बलिङमा कबिता कुँवरले दुई विकेट लिइन भने रुबिना क्षेत्री र इन्दु बर्माले एक एक विकेट लिए । नेपालले पहिलो खेलमा १२ रनको हार ब्यहोरेको थियो भने दोस्रो खेलमा एक विकेटले पराजित भएको थियो । 

प्रतिक्रिया