पोखराको मेयरमा २२,८५२ मतसहित धनराजको अग्रता, कृष्णबहादुरको २०,१३२
नेपालखोज
२०७९ जेठ ५ गते १७:२४
पोखरा । पोखरा महानगरका मेयरमा एकीकृत समाजवादीका उम्मेद्वार धनराज आचार्यको अग्रता कायमै छ । यो समाचार तयार पारुन्जेल उनले २२,८५२ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका कृष्णबहादुर थापाले २०,१३२ मत ल्याएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खरालले २,३०४ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेद्वार खडकराज पौडेलले १,३१२ मत ल्याएका छन् ।
यसैबीच उपमेयरमा एमालेकी मन्जुदेवी गुरुङलाई पछि पार्दै नेपाली कांग्रेसकी कोपिला रानाभाटले २३,१६४ मत ल्याएकी छन् । गुरुङले भने २३,०२१ मत ल्याएकी छन् । राप्रपाकी रञ्जनाकुमारी सेन पौडलले २,०९९ मत ल्याएकी छन् ।
सम्बन्धित
प्रतिक्रिया