शुक्रबार, वैशाख ७, २०८१

राष्ट्र बैकले भोलि २० अर्बको निक्षेप उपकरण बिक्री गर्दै

नेपालखोज २०७८ साउन १२ गते २०:३३

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको निक्षेप संंकलन उपकरण बिक्री गर्ने भएको छ । राष्ट्र बैकका अनुसार भोलि (बुुधबार) दिउँसो तीन बजेसम्ममा बोलकवोलको माध्यमद्वार उक्त परिमाणको निक्षेप उपकरण बिक्री गर्न लागिएको हो ।

परिपक्व हुुने अवधि १४ दिन तोकिएको उक्त उपकरणको सावाँ व्याज भुक्तानी मिती २०७८ साउन २७ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीले खरिद गर्न सक्ने गरी उक्त परिमाणमा निक्षेप उपकरण बिक्री गर्न लागिएको हो ।

खरिदकर्ताहरुले घटीमा पाँच करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निषेश भाग जाने गरी कुुल आह्वान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्ने छन् । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाईनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत राख्ने सकिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया