साफ यू-२० पुरुष च्याम्पियनसिप : नेपालले पहिलो खेल माल्दिभ्ससँग खेल्ने
नेपालखोज
२०७९ जेठ ५ गते १७:५९

काठमाडाैं । साफ यू-२० पुरुष च्याम्पियनसिपको पहिलो खेलमा नेपालले माल्दिभ्ससँग खेल्ने भएको छ । दक्षिण एसिया फुटबल फेडेरेसनले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो भेट माल्दिभ्ससँग हुने भएको हो । जसमा नेपालले भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा नेपालको पहिलो खेल जुलाई २५ मा हुनेछ ।
यस्तै दोस्रो खेलमा नेपालले श्रीलंकासँग जुलाई २७ मा खेल्नेछ । नेपालले तेस्रो खेल भारतसँग जुलाई ३१ तथा अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । शीर्ष दुई टिमले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा छ ।
राउण्ड रोबिनका आधारमा हुने प्रतियोगितामा नेपालसँगै बंगलादेश, श्रीलंका, भारत र माल्दिभ्सको सहभागिता रहेको छ ।
सम्बन्धित

प्रतिक्रिया