शुक्रबार, असोज ४, २०८१

पोखराको मेयरमा २४,०३२ मतसहित धनराजको अग्रता, कृष्णबहादुरले कति ल्याए ?

नेपालखोज २०७९ जेठ ५ गते २१:३३

पोखरा । पोखरा महानगरका मेयरमा एकीकृत समाजवादीका उम्मेद्वार धनराज आचार्यको अग्रता कायमै छ । यो समाचार तयार पारुन्जेल उनले २४,०३२ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका कृष्णबहादुर थापाले २१,१८७ मत ल्याएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खरालले २,३०४ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेद्वार खडकराज पौडेलले २,४१३ मत ल्याएका छन् ।

यसैबीच उपमेयरमा एमालेकी मन्जुदेवी गुरुङलाई पछि पार्दै नेपाली कांग्रेसकी कोपिला रानाभाटले २४,३०४ मत ल्याएकी छन् । गुरुङले भने २४,२०६ मत ल्याएकी छन् । राप्रपाकी रञ्जनाकुमारी सेन पौडलले २,२२१ मत ल्याएकी छन् ।

प्रतिक्रिया