शुक्रबार, वैशाख १४, २०८१

एनआईसी एशिया क्यापिटल र मिड सोलु हाइड्रोपावर कम्पनीबीच सम्झौता

नेपालखोज २०७९ जेठ ५ गते १९:४२


काठमाडौं । एनआईसी एशिया क्यापिटल र मिड सोलु हाईड्रोपावर कम्पनी लिमिटेडबीच क्यापिटल लिमिटेडबीच सम्झौता भएको छ । आईडिया टु आईपीओ सेवा अन्तर्गत संस्थागत परामर्श सेवासहित निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ ।

एनआईसी एशिया क्यापिटलले आईडीया टु आईपीओ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनादेखि आईपीओ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको छ ।

सोही सेवा अन्तर्गत ९.५ मेगावाटको मिड सोलु हाईड्रोपावर कम्पनी लिमिटेडलाई आईपीओ जारी गर्ने चरणमा पु¥याई निकट भविष्यमा सर्वसाधारणहरुमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) जारी गर्नुपर्ने साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको व्यहोरा कम्पनीले जानकारी दिएको छ ।

क्यापिटलले आईडिया टु आईपिओ सेवा अन्तर्गत कुनै पनि कम्पनीलाई तत्काल आइपिओ जारी गर्न नसक्ने अवस्था देखिएमा त्यस्ता कम्पनीहरुको आईपिओ जारी गर्दा पुरा गर्नुपर्ने सम्पूर्ण कानूनी प्रकृया तथा तयार गर्नुपर्ने सम्पूर्ण कागजातको सम्बन्धमा आवश्यक परामर्श तथा मार्गदर्शन दिई यथासिघ्र आईपीओ जारी गर्न योग्य कम्पनी बनाउन महत्वपूर्ण योगदान प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया