मञ्जुश्री फाईनान्सलाई “बेष्ट म्यानेज फाईनान्स कम्पनी २०२६” अवार्ड

काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेड यु बिजनेश ऐजद्धारा आयोजित १० औं न्यु बिज कन्क्लेभ एण्ड बिजनेश एक्सीलेन्स अवार्ड २०२६समारोहमा “बेष्ट म्यानेज फाईनान्स कम्पनी २०२६” अवार्डबाट सम्मानित भएको छ । उत्कृष्ट वित्तीय सूचक, संस्थागत सुशासन, प्रभावकारी व्यवस्थापन, वित्तीय स्थायित्व, ग्राहक सेवा तथा नवप्रवर्तनमा उल्लेखनीय योगदान पु¥याएको आधारमा कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो ।
यस अवार्डले कम्पनीको पारदर्शी व्यवस्थापन प्रणाली, जोखिम व्यवस्थापन क्षमता, डिजिटल बैंकिङ सेवा विस्तार तथा दिगो वित्तीय विकासप्रतिको प्रतिबद्धतालाई थप पुष्टि गरेको छ । कम्पनीले ग्राहक केन्द्रित सेवा र आधुनिक वित्तीय समाधान मार्फत वित्त क्षेत्रमा विशिष्ट पहिचान स्थापित गर्दै आएको छ ।
यस उपलब्धिले कम्पनीलाई आगामी दिनमा अझ उत्कृष्ट सेवा तथा संस्थागत विकासतर्फ अग्रसर हुन प्रेरित गरेको कम्पनीले जनाएको छ । २८ वटा शाखा तथा १ वटा विस्तारित काउन्टर रहेको यस फाईनान्सले विप्रेशण, मोवाइल बैंकिङ, भ्ःक्ष् सुविधा सहितको भर्चुअल क्रेडिट कार्ड र एटिएम सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ ।

प्रतिक्रिया