बिहीबार, जेठ ३, २०८१

सुनचाँदीकाे मूल्य बढ्याे

नेपालखोज २०७९ जेठ ६ गते १०:३८

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीकै भाउ बढेको छ । छापावाल सुन आज प्रतितोला १ हजार रुपैयाँले बढेर ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन बिहीबार ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि १ हजार रुपैयाँले बढेको छ । आज तेजाबी सुन ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । आज चाँदी १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी १२ सय ५५ रूपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया